डोनाल्ड ट्रम्पले स्वीकारे ह्यारिससँग बहसको प्रस्ताव
काठमाडौं । उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् ।
यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय थियो । बाइडेन चुनाव दौडबाट बाहिरिएपछि ह्यारिस उनको ठाउँमा बहसमा भाग लिन राजी भएकी थिइन् । तर, बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको बताएका थिए ।
यता, कमला ह्यारिसले फक्स न्युजमा हुने बहसको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन् । यदि फक्स न्युजमा यो बहस भयो भने यो अमेरिकी राष्ट्रपति चुनावको दोस्रो सार्वजनिक बहस हुनेछ भने ह्यारिस र ट्रम्पबिचको पहिलो । फक्स न्युजको यो बहस पेन्सिलभेनियामा हुनेछ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्