आमाको मृत्युपछि बास्तविकतामा आधारित गित “आमा तिम्रै कोखमा” (भिडियोसहित)
काठमाडौं । प्रदेशमा रहदा गाउँमा आमाको निधन भएपछि लेखिएको बास्तविकतामा आधारित गित आमा तिम्रै कोखमा सार्वजनिक भएको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर ३ की मनकुमारी ओलीको निधन भएपछि अमेरिकामा रहेका छोरा नविन प्रकाश ओलीले आमाको सम्झनामा गित परिकल्पना गरेका हुन् ।
आमाको सम्झनामा नबिन प्रकाश ओलीकै परिकल्पना डम्बर चन्द बगरको शब्द, तिलक परियारको भाकामा तिलक परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा आमा तिम्रै कोखमा सार्वजनिक भएको हो ।
अत्यन्तै मर्मस्पर्शी लोकगीत आमा तिम्रै कोखमा को अभिनय हिउवाला गौतम, बिनोद भण्डारी, नारायणी खत्री लगायतको रहेकोे छ । जसको निर्देशन प्रकाश भट्टले गरेका छन् ।
बास्तविकतामा आधारित गित सार्वजनिक भएपछि सो गितले धेरैको मन छोएको छ । सो गीत Tilak Pariyar youtube channel बाट बजारमा आएको हो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नविन प्रकाश ओली, #मनकुमारी ओलीको निधन
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्