सुडानमा भोकमरीलाई हतियार बनाइँदै गरेको विज्ञ टिप्पणी
काठमाडौं । संयुक्त राष्ट्रसंघका विज्ञले सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिरहेका बताएका छन् । उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।
‘एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकलाई भोकै मारिरहेका छन्’, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञले भने ।
उनीहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए । अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि उनीहरूले आग्रह गरेका छन् ।
सेनाप्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उनका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र् यापिड सपोर्ट फोर्स आरएसएफ बीच एक वर्षभन्दा बढीदेखि युद्ध जारी छ ।
सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ । चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिक भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्