बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल
काठमाडौं । बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ। तर अहिले भने सेना पछि हट्न थालेको बताइएको छ ।
विद्रोही सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगाले आफुले लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका छन् । तर उनी अहिले पक्राउ परेका छन् ।
राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गरेका छन् । साथै उनले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्