पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।
त्यस्तै डिजल र मट्टितेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मट्टितेलको मूल्य
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्