भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
काठमाडौं । तेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन् । मोदीले शनिबार शपथ लिँदैछन् ।
सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि प्रधानमन्त्री बन्न लागेका मोदीलाई बुधबार टेलिफोन गरेर बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सन् २०१४ मा बिजेपीबाट एकल बहुमतको सरकार बनाएर शपथ गरेका बेला पनि मोदीले विदेशी सरकार तथा राष्ट्र प्रमुखलाई बोलाएका थिए । यसपटक पनि नेपालसहित अन्य छिमेकी मुलुकका प्रमुखहरूलाई निम्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्