बालेनलाई ओलीले भने अर्काको ढोकामा फोहोर फ्याँक्ने कुनै सभ्यता हो ?
 
	
				
			काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको बताएका छन् । काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् ।
शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा ओलीले बालेन र काठमाडौं महानगरपालिकाको नाम त लिएनन् तर घरअगाडि फोहोर फालेको प्रसंग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताए । ‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने रु यो कुनै सभ्यता हो ?’ ओलीले प्रश्न गरे ।
महत्वपूर्ण पदमा बसेको व्यक्तिले त्यस्तो व्यवहार गर्नु उचित नहुने भन्दै उनले त्यसको विरोध गर्न डराउन नहुने बताए । ‘यो महत्वपूर्ण पोस्टमा बस्ने मान्छेले गर्न मिल्ने ब्यवहार होइन, त्यत्ति पनि भन्न सकिँदैन, लाचारीबाट फाइदा लिएर एउटा एनार्किजमको बोलवाला भइरहेको छ, हामीले हाम्रो समाजलाई एनार्किस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो’, ओलीले भने ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्