पशुपति माध्यामिक विद्यालयमा एक पूर्व विद्यार्थीद्वारा अक्षयकोष स्थापना
रुकुमपश्चिम । पशुपति माध्यामिक विद्यालय रातामाटा रुकुम पश्चिममा विद्यालयका पूर्व विद्यार्थी सिर्जना शर्माले लामो समय शिक्षण पेशा अंगालेर सेवा निवृत्त हुनुभएका आफ्ना पिता नारायणप्रसाद शर्माको सम्मान र माता स्वर्गीय त्रिपुरादेवीको सम्झनामा पशुपति माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव समारोहको अवसरमा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोषको स्थापना गरेकी हुन ।
शर्माले मुसिकोट नगरपालिका वडा नं २ मा रहेको पशुपति माध्यामिक विद्यालय रातामाटामा सिनात्रि (सिर्जना, नारायण त्रिपुरा) अक्षयकोष २०८१ स्थापना गरेकी हुन ।
उक्त कोषबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने एकजना छात्रा, छात्र र मुसिकोट नगरपालिकाभित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने एकजना शिक्षक वा शिक्षिकालाई अक्षयकोषको लाभांशबाट प्राप्त हुने रकम वितरण गरिने छ ।
अक्षयकोष वापतको रकम र अक्षयकोष संचालन कार्यविधि विद्यालयका प्रधानाध्यापक घनश्याम बुढाथोकीलाई बुवा नारायणप्रसाद शर्माले हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयको पुस्तकालयका लागि सिर्जना शर्माद्वारा पचास थान पुस्तक पनि हस्तान्तरण गरिएको विद्यालयका शिक्षक दामोदर शर्माले जानकारी दिए । २०२२ सालमा स्थापना भएको बिधालयले विभिन्न कार्यक्रम गरी ५९ औं वार्षिकोत्सव मनाएको छ ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पशुपति माध्यामिक, #पूर्व विद्यार्थी, #सिर्जना शर्मा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्