बढ्दै सहकारीमा ठगी प्रकरणः पोखराको प्राईम सहकारीबाट डेढ अर्ब बढी रकम झ्वाम

कास्की । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको भएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो । पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै सहकारीका अध्यक्षसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणी पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पुर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवम् सल्लाहकार मानबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनले सहकारीमा रकम हिनामिना भएको बारे थप अनुसन्धान भइरहेको बताएका छन् । पछिल्लो समय सहकारीका सञ्चालकको मनोमानीले बचतकर्ताको रकम हिनामिना भइरहेका घटना सार्वजनिक भइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्राइम बहुउद्देश्यीय सहकारी, #साढे एक अर्बभन्दा बढी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्