नेपाल र वेस्ट इन्डिजबिच तेस्रो खेल आज
काठमाडौं । नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको पाँच खेलको शृङ्खला हाल १–१ को बराबरीमा छ ।
शृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । शृङ्खलाको दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
शृङ्खलाको पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, #तेस्रो टी–२० क्रिकेट
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्