विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन
काठमाडौं । गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुने समाचारसंस्था एएफपीले जनाएको छ ।
सम्मेलनमा अमेरिकाका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले गाजामा सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकबारे कन्द्रित वार्तामा थप प्रयासको लागि बैठक बस्न लागेको हो ।
साउदी अरबका अधिकारीले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पुर्याउन सक्ने आशंका व्यक्त गरेका छन् । गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट शुरु भएको गाजा युद्धमा इजरायलतर्फ झन्डै एक हजार दुई सय जना र गाजामा ३४ हजार तीन सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्