कांग्रेस र नाउपाको रेशम पक्ष भन्छन् : प्रदेश प्रमुखविरुद्ध न्यायालय जान्छौँ
काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेश भएका नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदको दाबी अस्वीकृत गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले मंगलबार दुवै दाबी अस्विकृत गर्दै वैशाख ६ गतेभित्र पुनः दाबी पेस गर्न आह्वान गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै गठबन्धनबाट दाबी पेश गरेका थिए । लक्ष्मणकिशोर नाउपाको रेशमलाल चौधरीनिकट हुन ।
उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राप्रपा र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । यस्तै, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ निकट कैलाश चौधरीले नेकपा एमाले, माओवादी केन्द्र, नाउपा र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख मियाँले यी दुवै दावी खारेज गर्दै फेरि वैशाख ६ गते बेलुकी ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख मियाँले यसअघि चैत २३ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न वैशाख २ सम्मको समय दिएका थिए । केन्द्रीय सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा दाबी गर्ने सहमति बनेको छ। नेकपा एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन मंगलबार नै फिर्ता लिएको पत्र प्रदेश प्रमुख मियाँलाई बुझाएको छ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियामा लम्बाइएकोमा नेपाली कांग्रेस र रेशमलाल चौधरी पक्षीय नाउपाले न्यायिक लडाइँको लागि अदालत जाने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा थप समय दिएर असंवैधानिक काम गरेको भन्दै प्रदेश प्रमुखको उक्त कदमविरुद्ध अदालत जाने मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरीले बताए । मुख्यमन्त्रीको दाबी अस्वीकृत गर्दै नियुुक्ति प्रक्रिया लम्बाइएकोमा उनले आपत्ति जनाए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्