चीनको हेबेई प्रान्तमा विस्फोट हुँदा १ जनाको मृत्यु, कयौँ घाइते

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ ।
भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको थियो । धेरै सवारी साधनमा क्षति पुगेको र मलबे सडकमा फैलिएको देखिन्छ । ग्लोबल टाइम्सका अनुसार यो विस्फोट एक रेस्टुरेन्टमा भएको हो । यो रेस्टुरेन्ट एक आवासीय भवनको भुईं तल्लामा थियो।
घटनामा १ जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको ग्लोबल टाइम्सले जानकारी दिएको छ । विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ ।
ग्यास सिलिन्डर पड्किएर विष्फोट भएको अनुमान गरिएको छ । चीनको सरकारी न्यूज च्यानलले पनि यस दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्