माघ १८ देखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी
काठमाडौं । माघ १८ गतेदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो । निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी महत्वपूर्ण हुने मिडिया स्पेस सोलुसन्स प्रा.लि. का कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताए ।
उनले विगत ८ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने विश्वास रहेको बताए ।
मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको बताए । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाउने भएका छन् । यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरु बढी रहने छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नवौं नेपाल विल्डकन, #विल्डकन अन्तर्राष्ट्रिय
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्