देशभर कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी जमिन खेत बाँझो !
काठमाडौं । मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । नेपालको खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेको छ । युवाहरू रोजगारी खोज्दै विदेश पलायन हुन थालेपछि खेतीयोग्य जमिन झाडीमा परिणत बन्ने क्रममा वृद्धि भएको हो ।
वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा जनशक्तिको अभाव र श्रम परेअनुसारको मूल्य नपाइने भएकाले जमिन बाँझो हुनेक्रम बढेको हो । युवा शक्ति विदेश पलायन हुँदा नेपालमा खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो रहेको पाइएको छ ।
सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ । खेतीयोग्य भूमिमध्ये १० लाख ३० हेक्टर जमिन अझै बाँझो रहेको हो ।तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ । नेपालमा निर्वाहमुखी खेती गर्न छोड्ने र आधुनिक खेतीको पहुँच हुन नसक्दा खेत बाँझो भएको हो ।युवाहरु भने सानो उमेरमा नै विदेश पति आर्कषण भईरहेका छन ।
पछिल्लो समय अध्ययनका लागि विभिन्न मुलुकमा जाने क्रम बढे पनि अधिकांश विदेशिनुको मुख्य कारण भने रोजगारी नै हो । एकपछि अर्को गर्दै गाउँका युवा विदेशिने क्रमले गाउँ युवाविहीन भएर सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर पुरेको छ । पछिल्लो समय ग्रामीण भेगमा खेती किसानी गर्नेक्रम हराउँदै जाँदा पनि खाद्यान्नको आयात समेत बढेको हो ।
निर्वाचनका बेला प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएको भए पनि नेपालि युवा भने पाए युरोप–अमेरिका नपाए खाडी मुलुक भए पनि जान बाध्य छन् । चुनावका समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाले भू–उपयोग नीतिलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य हुनु परेको छ ।
युवा विदेशिने र सहर पलाएन हुनेक्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो। बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा, जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । स्थानीय तहको निर्वाचनका लागि सहरबाट गाउँ आएका युवा केही दिनका पाहुना जस्तै मात्र भएका छन् । दसैं, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवाविहीन हुने गरेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१० लाख हेक्टरभन्दा बढी खेत बाँझो, #खेतीयोग्य जमिन
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्