गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
काठमाडौं । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले गाजामा जारी इजरायली आक्रमणले सर्वनाशको अवस्था निम्त्याएको बताएका छन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेयता इजरायलले जारी राखेको कारबाहीले २ महिनामा गाजामा सर्वनाश हुँदै गएको र यो अवस्था थप विकराल बनेको उनीहरूले बताएका हुन्।
राष्ट्रसंघीय एजेन्सी र तिनका २७ वटा सहायता संगठनले एक संयुक्त विज्ञप्ति जारी गरी तत्काल युद्ध नरोके त्यहाँ मानवीय सहायता पूर्णरूपमा बन्द हुने बताएका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको जनाएका छन्। इजरायली सेना खान युनिस शहरस्थित हजारौँ विस्थापितले शरण लिएको शिविरमा छिरेर आक्रमण गरेको एजेन्सीहरुले बताएका छन्, जहाँबाट केही व्यक्तिलाई इजरायली सेनाले नियन्त्रणमा लिएको छ।
यसैबीच इजरायल–प्यालेस्टाइन संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ। डिसेम्बर महिनाका लागि सुरक्षा परिषद्को अध्यक्ष देश एकुवाडोरले बैठक आह्वान गरेको हो। राष्ट्रसंघले यसअघि नै गाजामा जारी आक्रमण तत्काल रोक्न इजरायललाई दबाब दिँदै आएको छ । तर इजरायलले हमासको अन्त्य नगरी युद्ध नरोक्ने प्रतिक्रिया दिइरहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्