सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट लिए नाम फिर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु कात्तिक १ देखि १० गतेसम्म हुनेछन् ।
सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’ यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।
उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्