प्याजको मूल्य फेरि बढ्यो, प्रतिकेजी ७५ देखि ८० रुपैयाँसम्म
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्यााजको मूल्य तोकेको छ । सोमबारदेखि बढेको प्याजको मूल्य समितिले मंगलबारदेखि दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूचीबाट प्याजलाई हटाएको थियो भने, आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो ।
आइतबारसम्म ६१ रुपैयाँ प्रति केजी रहेको प्याजको मूल्य सोमबार बढाएर न्युनतम ७५ रुपैयाँ प्रतिकेजी र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको थियो । बजारमा प्याज समाप्त भएपछि समितिले मंगलबारदेखि दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूचीबाट प्याजलाई हटाएको थियो । आज दुईदिनपछि समितिले दैनिक मुल्य सुचिमा प्याजको मुल्य तोकेको छ ।
आज समितिले राखेको मूल्यसूचीमा भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ७५ रुपैयाँ र अधिकतम मूल्य ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि नेपालमा व्यापारीले प्याज आयात रोकेका थिए । आजदेखि कालिमाटीमा प्याजको आयात सुरु भएको समितिका कर्यकारी निर्देशक डाल प्रसाद पुडासैनीले बताए । रोकिएको आयात आजदेखि खुलेको उनले बताए । यसअघि नेपालले पनि प्याजमा भन्सार बढाएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्याजको मूल्य, #बजार विकास
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्