राष्ट्रपतिले मेयरलाई छाता ओढाएपछि तस्विर भाईरल, जनताको मन छोयो !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहानै ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । त्यसक्रममा आफै छाता ओढेको राष्ट्रपति पौडेलको तस्बिर भाईरल बनेको छ । ललितपुर महानगरपालीकाका मेयर चिरबाबु महर्जनसहित कृष्ण मन्दिरको दर्शन गर्न पुगेका पौडेलको आफैले छाता ओढेको मात्रै होइन, त्यही छातामा ललितपुरमा मेयर समेत देखिएको भिडियोले सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल पुनः एकपटक चर्चामा आएका छन । कहिले प्रसंसा पाउने त कहिले बिबादमा आउने राष्ट्रपति पौडेलले यसपटक भने जनताको मनछुने ब्यबहार देखाएका छन । शुक्रबार बिहानै ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्न पुगेका बेला आफै छाता ओढेको राष्ट्रपति पौडेलको तस्बिर अहिले भाईरल भईरहेको छ ।
राष्ट्रपति पौडेलले ललितपुर महानगरपालीकाका मेयर चिरबाबु महर्जनलाई पनी छाता ओढाएका छन । बिगतका राष्ट्रपतिहरुले यस्तै यस्तै बिषयमा आलोचना खेप्नुपरेपछी चनाखो बनेका राष्ट्रपति पौडेलले भने आफै छाता ओढेका हुन । पाटन कृष्णमन्दिर दर्शनका क्रममा राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन संग्रहालयमा निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले आफै छाता ओढेको तस्बिर भाइरल भएपछी अहिले सामाजिक सञ्जालहरुमा अनेक टिप्पणी भईरहेका छन ।
अधिकांस टिप्पणीमा राष्ट्रपति पौडेलको प्रसंसा भईरहेको छ । त्यसोत राष्ट्रपति पौडेलले यसअघि पनी चर्चा नकमाएका भने होईनन् । बिगतका राष्ट्रपतिहरुले तामाझामका साथ जनतालाई सास्ती दिदै सवारी गर्दा राष्ट्रपति पौडेलले भने सडकमा जनतासँगै सवारी गरेका थिए । गत फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका पौडेलको उपचार खर्च, रेशम चौधरीलाई आममाफि लगायतका केहि बिषयमा भने आलोचना भईरहेको छ । खासगरी भारतमा लागेको उपचार खर्च आफै दिने कि सरकारले तिर्ने भन्ने बिषयमा मत बिभाजित छ । यो बिषयमा सर्वोच्च अदालतले पनी मुद्धा दर्ता गर्न आदेश दिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्ण मन्दिर, #छाता ओढेको, #राष्ट्रपति रामचन्द्र पौडेल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्