भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगे अमेरिका
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको तीन दिने राजकीय भ्रमणका लागि न्यूयोर्क पुगेका छन्। मोदी मंगलबार राति दश बजे न्यूयोर्कमा अवतरण गरेका हुन ।
विमानस्थल तथा उनी बसेको न्यूयोर्क प्यालेस होटलमा प्रवासी भारतीयहरुले मोदीको भव्य स्वागत गरेका थिए। न्यूयोर्क पुगेको केही घण्टापछि नै ट्वीटरका मालिक तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ इलोन मस्कले मोदीसँग भेटवार्ता गरे ।
भेटवार्तापछि प्रतिक्रिया दिँदै मस्कले आफू मोदीको प्रशंसक भएको बताए । टेस्लाले भारतमा आफ्नो विद्युतीय कार निर्माण कारखाना स्थापना गर्न खोजिरहेको छ।
मोदीले व्यवसायी, वैज्ञानिक, अर्थशास्त्री, कलाकार गरी विभिन्न क्षेत्रका करिब २४ जना विशिष्ट व्यक्तिसँग भेटदैछन्। बुधबार बिहान मोदीले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित योग कार्यक्रमको नेतृत्व गर्ने छन्।
अमेरिका बसाइका क्रममा मोदीले राष्ट्रपति जो बाइडनका साथै अन्य शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ। साथै उनले अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्नेछन्।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, #मोदी अमेरिका
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्