Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

विश्ककप छनोट क्रिकेटमा नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित


काठमाडौं । भिम सार्कीकोे उत्कृष्ट अर्धशतकीय इनिङ र करण केसीको सर्वाधिक ४ विकेटको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो ।

नेपालको जितमा भिम सार्कीले सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे । नेपाललाई राम्रो सुरुआत दिएका ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए ।

आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट हुँदा, कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन योगदान गरेका थिए । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे । विश्वकप छनोटको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अमेरिका ६ विकेटले पराजित, #नेपालको पहिलो जित, #भिम सार्की

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं