तियानमेन स्क्वायर नरसंहारको सम्झनामा लन्डनमा चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन
तियानमेन । ४ जुन १९८९ मा भएको तियानमेन स्क्वायर नरसंहारको सम्झनामा, प्रदर्शनकारीहरू बेलायतको लन्डनमा अवस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनको क्रममा, विश्व उइघुर कांग्रेसका युके निर्देशक, रहिमा महमुतले तियानमेन स्क्वायर नरसंहारको ३४ औं वार्षिकोत्सवको अवसरमा शक्तिशाली मन्तव्य दिएकी छन् ।
रहिमा महमुत उइघुर नरसंहारको प्राविधिक कार्यकारी निर्देशक पनि हुन् । त्यतिबेला हङकङवासी, तिब्बती र चिनियाँ सरकार विरुद्ध प्रतिरोध गर्ने सबैलाई सामेल गर्दै प्रदर्शनकारीहरू चिनियाँ दूतावासतिर लागेका थिए ।
यसैगरी, ३ र ४ जुनमा पीपुल्स लिबरेसन आर्मीले ट्याङ्कसहित स्क्वायरमा आक्रमण गर्यो र भयंकर मानवीय मूल्य चुकाएर विरोधलाई कुचल्न प्रयास गरेको थियो । त्यो घटनामा मारिएका संख्याको यकिन अझै हुन सकेको छैन ।
यद्यपी, चिनियाँ कम्युनिष्ट पार्टीले त्यो रात ३,००० भन्दा बढी घाइते भएको र ३६ विश्वविद्यालयका विद्यार्थीसहित २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्