भारतको अरुणाचल शरणार्थी शिविरमा तिब्बतीहरूले आफ्नो भविष्य खोज्दै
मियाओ । भारतको अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाको तिब्बती बस्तीमा तीन दशकअघि कार्पेट सेन्टरमा आबद्ध भएकी ५० वर्षीया तिब्बती महिला सोनम त्सोमोले आफ्नो जीवनमा पुनरागमन गरेकी छिन्।
आज, त्सोमो र उनका धेरै साथीहरूले बस्तीलाई आफ्नो घर बनाएका छन्, जहाँ उनीहरूले आफ्नो सपना बुन्ने गर्छन्। चोफेलिङ तिब्बती शरणार्थी शिविरमा रहेको कार्पेट सेन्टर सन् १९५९ मा चिनियाँ आक्रमणपछि १४ औं दलाई लामासँगै तिब्बतबाट भागेका ५०० जना तिब्बती शरणार्थी परिवारहरूको जिवनकेन्द्र हो।
अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाको उप—विभागीय मुख्यालय मियाओको बाहिरी भागमा तिब्बती शरणार्थीहरूले १९७५ मा स्थापना गरेका थिए । यो अहिले गलैँचाको प्रमुख बिक्री केन्द्र भएको छ। यहाँ बसोबास गर्नेहरू उत्कृष्ट गुणस्तरको ऊनी गलैंचा उत्पादन गर्नका लागि परिचित छन् । यो निर्यात पनि हुने गरेको छ। केन्द्रमा तीनवटा एम्बोसरसहित ३० जना गलैँचा बुन्ने दक्ष महिला रहेका छन्। “मैले यो क्राफ्ट सेन्टरमा सन् १९९० देखि काम गरिरहेको छु र यो मेरो लागि अद्भुत अनुभव हो। केन्द्रले सयभन्दा बढी तिब्बतीलाई रोजगारी दिएको छ,’ त्सोमोले भनिन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्