रुकुम मुसिकोटको जंगलमा भेटिए ८ नाल बन्दुक
रुकुमपश्चिम । रुकुम पश्चिममा ८ नाल भरुवा बन्दुक भेटिएका छन । जंगलभित्र लुकाईछिपाई राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ८ नाल भरुवा बन्दुक भेटाएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका ८, ओखरभिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा ८ नाल भरुवा बन्दुक भेटिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपि नमराज भट्टराईले जानकारी दिए ।
बन्दुक कसले लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्व तथा पश्चिमका जंगल तथा ओढारहरुमा बेलाबेला भरुवा बन्दुकहरु भेटिदै आएका छन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भरुवा बन्दुक, #रुकुम पश्चिम
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्