नेपाली राष्टिय क्रिकेट टिमका सदस्यलाई जनही ६ लाख दिने सरकारको घोषणा

काठमाडौं । एसीसी प्रीमीयम कप विजेता नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ६ लाख रुपैया दिने निर्णय गरेको छ । वुधबार बसेको मन्त्रिपरिषदको वैठकले खेलाडी र अफिसियललाई पुरस्कारस्वरुप नगद दिने निर्णय गरेको हो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए ।
मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो । केहि समय अगाडि भएको विश्वकपको ग्लोवल छनोट को उपाधी जितेपछि सरकारले ३ लाख प्रोत्साहन रकम दिएको थियो ।
नेपाली क्रिकेट इतिहासमै राष्ट्रिय क्रिकेट टिमले पाएको अहिलेसम्मकै ठुलो उपलब्धीका रुपमा एसीसी प्रिमियर कपको उपाधि रहेको छ । यसअघि विश्वकपको ग्लोवल छनोटदेखि एसीसी प्रीमीयर कपमा नेपालको प्रदर्शन उत्कृष्ट रहेको थियो । खेलाडीका लागि सरकारले दिएको नगद पुरस्कारले खेलाडीको मनोवल बढ्ने बढ्ने भएपनि सरकारले खेलाडीलाई उचित मासिक रकम व्यवस्थापन गर्नुपर्नुे खेलप्रेमीहरु बताउँछन् ।
क्रिकेटमा यति ठुलो फड्को मारिसक्दा नेपालमा भने अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अभाव छ । त्रिभुवन विश्वविद्यालयको मैदानबाहेक केहीसमयअघि मात्रै मुलपानीमा मैदान तयार भएको छ । तर मैदानमा रातीको समयमा खेल्न मिल्ने फ्लडलाइटको समेत व्यवस्था हुन सकेको छैन । बुधबार भने सरकारले किर्तिपुर मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एसीसी प्रीमीयम कप, #क्रिकेट टोली
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्