Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ


काठमाडौं । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई काठमाडौंमा पक्राउ गरेको हो । निमाले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएको अनुसन्धाबाट खुलेको छ ।

गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर निमा र उनका साथी कुशलले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ । सोमबार पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बालिका, #सामूहिक बलात्कार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं