Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

पीएनजीमाथि नेपालको सानदार जित, विश्वकप क्वालिफायरमा पुग्न एक खेल जित्नुपर्ने


काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटको फराकिलो अन्तरले जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली स्पिनर हावी भएको खेलमा पाएको ९५ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर भेट्टाएको थियो । घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृंखलामा लगातार तीन खेल जितेपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्न अव एक जिते मात्रै पुग्छ ।

नेपालले आइतबार मात्र यूएईलाई हराउँदै ओडीआई मान्यता कायम राखिसकेको थियो । अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बावेमा आगामी जुन(जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले आउने बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ । पछिल्लो एक महिना शानदार लयमा रहेको नेपालले ११ मध्ये १० खेल जितिसकेको छ ।


क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं