ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बा २ खा ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । २४ जना घाइते भएको बताइएको छ । उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । फरार चालकको खोजी भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #सिन्धुलीमा बस
तपाईको कमेन्ट लेख्नुहोस्