भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी
काठमाडौं । इजिप्टका लागि अर्थमन्त्री शेरिन एल शारकावीले भात पर्यटन र लगानी दुवैको लागि एक प्रमुख गन्तव्य भएको बताएकी छन् । यस्तै, उनले भारतसँग विशेषगरी सूचना प्रविधि क्षेत्रमा प्रशस्त अवसर रहेको बताइन् । “भारत लनीका लागि मात्र नभई पर्यटनका लागि रोचक गन्तव्य हो।
भारतमा धेरै व्यापार छ, त्यहाँ धेरै अवसरहरू छन्, आईटी क्षेत्रमा सम्भावना र रोजगारी सबै छ,” मन्त्री शारकावीले भनिन् । कोलकातामा ‘द बेङ्गाल प्याडल’ नामक क्रुज जहाजमा जी–२० प्रतिनिधिहरुका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले जी–२० का हिस्सा नभएका देशहरूलाई पनि आमन्त्रित गरेकोमा भारतबाट धेरै खुसी भएको बताएकी छन । भारतले डिसेम्बर १ मा जी–२० को अध्यक्षता ग्रहण गरेको थियो। भारत र इजिप्ट बीचको सम्बन्धलाई मनबुत बताउँदै मन्त्री शारकावीले दुबै राष्ट्रहरू व्यक्तिको रूपमा समान रहेको बताइन्।
एएनआईसँग कुरा गर्दै, उनले भनिन्— हामी वास्तवमा एक संस्कृति, खाना, संगीत र धर्मको साथ व्यक्तिको रूपमा धेरै समान छौं। यी सबै धेरै विविध छन् र भारत र इजिप्ट बीच सहयोगको लागि हामीसँग धेरै छलफलहरू भइरहेका छन्।
क्याटेगोरी : विदेश
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्