भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी
काठमाडौं । इजिप्टका लागि अर्थमन्त्री शेरिन एल शारकावीले भात पर्यटन र लगानी दुवैको लागि एक प्रमुख गन्तव्य भएको बताएकी छन् । यस्तै, उनले भारतसँग विशेषगरी सूचना प्रविधि क्षेत्रमा प्रशस्त अवसर रहेको बताइन् । “भारत लनीका लागि मात्र नभई पर्यटनका लागि रोचक गन्तव्य हो।
भारतमा धेरै व्यापार छ, त्यहाँ धेरै अवसरहरू छन्, आईटी क्षेत्रमा सम्भावना र रोजगारी सबै छ,” मन्त्री शारकावीले भनिन् । कोलकातामा ‘द बेङ्गाल प्याडल’ नामक क्रुज जहाजमा जी–२० प्रतिनिधिहरुका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले जी–२० का हिस्सा नभएका देशहरूलाई पनि आमन्त्रित गरेकोमा भारतबाट धेरै खुसी भएको बताएकी छन । भारतले डिसेम्बर १ मा जी–२० को अध्यक्षता ग्रहण गरेको थियो। भारत र इजिप्ट बीचको सम्बन्धलाई मनबुत बताउँदै मन्त्री शारकावीले दुबै राष्ट्रहरू व्यक्तिको रूपमा समान रहेको बताइन्।
एएनआईसँग कुरा गर्दै, उनले भनिन्— हामी वास्तवमा एक संस्कृति, खाना, संगीत र धर्मको साथ व्यक्तिको रूपमा धेरै समान छौं। यी सबै धेरै विविध छन् र भारत र इजिप्ट बीच सहयोगको लागि हामीसँग धेरै छलफलहरू भइरहेका छन्।
क्याटेगोरी : विदेश
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्