मानव अधिकार आयोगद्वारा पाकिस्तानलाई नागरिकको स्वतन्त्रता रक्षा गर्न आग्रह
काठमाडौं । ग्वादरमा भर्खरै भएको जनप्रदर्शनलाई मध्यनजर गर्दै पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बलुचिस्तानलाई दोस्रो दर्जाको रुपमा पाकिस्तान लिएको नीतिलाई पुर्नविचार गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ । उक्त विरोध प्रदर्शनको क्रममा एक प्रहरीको मृत्यु भएको छ ।
यसको साथै आयोगले एक विज्ञप्ति जारी गर्दै प्रान्तीय सरकारलाई भीड नियन्त्रणको प्रभावकारी विधिहरूमा ध्यान केन्द्रित गरेर शान्तिपूर्ण भेलाको स्वतन्त्रताको अधिकारको रक्षा गर्न आग्रह गरेको छ । यस्तै, प्रदर्शनकारीहरूसँग वार्ता गर्ने र उनीहरूको मागहरूको निष्पक्ष सुनुवाइ गर्ने जिम्मेवारी प्रान्तीय सरकारको भएकाले यसलाई वार्ताबाट समाधान गर्न समेत आयेगले आग्रह गरेको छ ।
सुरक्षा, आन्दोलनको स्वतन्त्रता र शान्तिपूर्ण भेलाको अधिकार, स्वच्छ पानीमा पहुँच, शिक्षा र स्वास्थ्य सेवा, जीविकोपार्जनको अधिकार पाकिस्तानका कुनै पनि नागरिकको नैसर्गिक अधिकार भएकाले यसमा ध्यान दिन पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्