जाजरकोटमा जीप दुर्घटनामा ११ जनाको मृत्यु,छेडागाड नगरपालिका शोकमग्न
काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २ सय मिटर तल खसेको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृतकको नामावली
१.चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२.अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३.सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४.वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५.जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६.नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७.राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
८.दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९.देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०.अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११.निशा अधिकारी –छेडागाड जाजरकोट
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छेडागाड नगरपालिका, #जीप दुर्घटना
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्