चुनावपछि बोलाइयो सत्ता गठबन्धनको पहिलो बैठक
काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बोेलाइएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिएका छन् ।
गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सत्ता गठबन्धन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्