चुनावपछि बोलाइयो सत्ता गठबन्धनको पहिलो बैठक
काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बोेलाइएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिएका छन् ।
गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सत्ता गठबन्धन
ताजा खबर
- १एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- २सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ३एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
- ४अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- ५काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित



तपाईको कमेन्ट लेख्नुहोस्