उकालो लाग्दै सुनको मूल्य, सातामा बढ्यो १३ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जनाएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रूपैयाँ थियो ।
यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६ सय रूपैयाँ छ । साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार भने घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो ।
यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो । यसैगरी, साता भरमा चाँदीको मूल्यमा समेत व्यापक वृद्धि देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ ।
गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको देखिन्छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सुनको मूल्य, #सुनचाँदी व्यवसायी महासंघ
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्