उकालो लाग्दै सुनको मूल्य, सातामा बढ्यो १३ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जनाएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रूपैयाँ थियो ।
यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६ सय रूपैयाँ छ । साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार भने घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो ।
यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो । यसैगरी, साता भरमा चाँदीको मूल्यमा समेत व्यापक वृद्धि देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ ।
गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको देखिन्छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सुनको मूल्य, #सुनचाँदी व्यवसायी महासंघ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्