सामाजिक सञ्जालबाट दुष्प्रचार नगर्न प्रेस काउन्सिलको चेतावनी
काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको नाम दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजकि सञ्जालमा अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिमा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएपछि आपत्ति जनाएको हो ।
त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा समाचार सम्प्रेषण नगरेको र मिथ्या समाचार भएको जानकारी आएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले बिज्ञप्ती मार्फत भनेका छन् । काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त, फेक न्युजबाट सजग रहन आग्रह गरेको छ ।
निर्वाचनको संवेदनशील घडीमा प्रभाव पार्ने उद्देश्यले कुनै माध्यमबाट दुष्प्रचारयुक्त, मिथ्या सूचना, भ्रामक टिकाटिप्पणी नगर्न तथा सामाजिक सञ्जालबाट समेत पोष्ट, सेयर, कमेन्ट नगर्न काउन्सिलले आग्रह गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा तथा प्रदेशसभा, #प्रेस काउन्सिल नेपाल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्