स्वतन्त्र उम्मेदवार तारक केसीले भने म कुनै ठुलठुला योजना देखाएर मत माग्ने पक्षमा छैन्
काठमाडौं । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार तारक केसीले सिण्डिकेट र मोलमोलाइबाट नेपालका राजनीतिक दलहरु अघि बढिरहेकोले राजनीतिप्रति नागरिकमा वितृष्णा बढेको बताएका छन् । मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा उनले आफुले जनतालाई कुनै ठुला आश्वासन नदिने बताए ।
उनले भने म कुनै ठूला आश्वासन दिने र ठुलठुला योजना देखाएर मत माग्ने पक्षमा छैन् । उनले जिल्लाको ऐतिहासिक स्थान खाराबाट शान्तिको परेवा उडाएर चुनावी प्रचार गर्ने जानकारी दिए । खारा विगतको सशस्त्र द्वन्द्वले नराम्ररी पीडा दिएको एक ऐतिहाँसिक ठाउँ भएकोले दिगो शान्ति र समृद्धिको सन्देश सहित चुनावी अभियानमा होमिन लागेको बताए ।
केसीले आफ्नो उम्मेदवारी शान्ति, विकास, समृद्धि र शुसासनका लागि भएको स्पष्ट पारे । दलहरुले दिने फोस्रा नाराबाट जनता आजित भएको बताउदै केसीले महंगा नारा र चर्को भाषण भन्दा पनि आफूले दिगो विकास र समान अस्तित्वको लागि उम्मेवारी दिएको बताए । गलत आश्वासन दिएर पदमा पुगेकाहरुले जनतालाई पटक पटक धोका दिईरहेकोले जनताले त्यसको विकल्प खोजिरहेको दाबी गरे ।
जिल्लामा महत्वपूर्ण विभिन्न आयोजनाहरु लामो समयसम्म अपलत्र परेको उदाहरण दिनुहुँदै उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिद्युत, कृषि, स्वरोजगार लगायतका क्षेत्रमा आफू दत्तचित्त भएर लागिपर्ने बताए । प्रतिनिधि सभामा रुकुम पश्चिमबाट केसीसँगै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, राप्रपाका दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुन र स्वतन्त्रबाट राजन पाण्डे प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रुकुम पश्चिम, #स्वतन्त्र उम्मेदवार तारक केसी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्