चुनावी प्रचार–प्रसारका सबै ब्यानर तुरुन्त हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देशन दिएको छ ।
सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिए । उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार–प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गरेका थिए ।
ब्यानरको दुरुपयोग भइरहेकाले हटाउन सम्बन्धित उम्मेदवारलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउन पनि उनले आग्रह गरे।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #प्रमुख जिल्ला अधिकारी, #ब्यानर तत्काल हटाउन
ताजा खबर
- १प्रतिनिधिसभाको बैठक एक बजे, यस्तो छ कार्यसूची
- २टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष स्थापना
- ३स्थायी कमिटी बैठकमा सबै खाले एजेण्डामा छलफल भयोः जनार्दन शर्मा
- ४राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान रहेछः रास्वपा
- ५रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति रोकौं
तपाईको कमेन्ट लेख्नुहोस्