प्रहरीलाई म्यादी छान्न नै सकस,२ लाख ३२ हजार ८८ बाट १ लाख १५ हजार छान्नुपर्ने
	
				
			काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनको सरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी आवश्य रहेको भन्दै भदौ ३० गते भर्ना आवेदन खुल्ला गरिएको थियो । सो भर्ना अभियान बिहिबार रातिबाट सकिएको छ । जसमा मागिएको भन्दा दोब्बर आवेदन परेको छ । अर्थात १ लाख १५ हजार म्यादि प्रहरी मागिएको छ ।
प्रहरीको तथ्याङक अनुसार आवेदन दिनेको संख्या २ लाख ३२ हजार ८८ छ । आवेदन दिनेमा ६१ हजार ९ सय महिला र १ लाख ४१ हजार ३ सय ७३ पुरुषको आवेदन परेको छ । यसरी माग गरेभन्दा धेरैं सख्यामा आवेदन पर्नुले देशमा भएको बरोजगारीको अवस्थालाइ चित्रण गरिदिएको छ ।
नेपाल प्रहरीले निवेदन दिनेको संख्या उल्लेख्य हुनुमा प्रहरीप्रतिको आकर्षण ,बेरोजगार सेवा सुबिधाका कारण रहेको बताएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षामा १ लाख म्यादी माग गरिएकामा करिब ३ लाखले दरखास्त दिएका थिए । प्रतिस्पर्धामा २ लाख बाहिरिएका थिए । यसपटक अघिल्लो निर्वाचनको तुलनामा केही कम दरखास्त परेको छ । तर, दरखास्त दिनेको यो चापले देशमा बेरोजगारीको अवस्था कुन रूपमा छ भन्ने पनि उजागर गरेको छ ।
यसरी आवेदन मार्फत छनोट भएका म्यादी प्रहरीले ४० दिनको तलब/भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् । यसबाहेक हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ । हिमाली भेगमा जिल्लाको रासन दरअनुसार म्यादीको रासन तय गरिएको छ ।
छनोट भइसकेपछि बहाल रहेसम्म म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटीप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने व्यवस्था गरिएको छ । ड्युटी समयमा मोबाइल फोन प्रयोग गर्न समेत रोक लगाइएको छ । मापदण्डविपरीत गतिविधि गरे तत्काल बर्खास्त गरी कारबाही गर्नेसम्मका प्रावधान मापदण्डमा राखिएका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका बेला आचारसंहिता र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा करिब ५० म्यादी कारबाहीमा परेका थिए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधि सभा र राष्ट्रिय सभा, #बेरोजगार सेवा सुबिधा, #म्यादी प्रहरी
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्