Techie IT
  • १७ असार २०८२, मंगलबार
KhojPatrika

बजारमा सिटामोलको चरम अभाव,डेंगी संक्रमितले औषधि नपाई छटपटाउदैं


काठमाडौं । बजारमा सिटामोलको चरम अभाव भएको छ । सिटामोल अभाव भएपछि दुखाइ कम गर्न बिरामीहरू ब्रुफिनलगायतका औषधि सेवन गर्न बाध्य भएका छन् । डेंगी संक्रमण तीव्र बनेसँगै साताअघिदेखि सिटामोलको अभाव देखिएको हो । राजधानीका अधिकांश औषधि पसलले ग्राहकलाई सिटामोल नभएको भन्दै फर्काउने गरेका छन् ।

सिटामोल चरम अभाव हुनुका पछाडि डेंगी संक्रमण र आपूर्ति सहज नहुनुलाई प्रमुख कारण मानिएको छ । उपत्यकामा मात्रै डेंगीका बिरामी १० हजारबढी छन् । शंखमूल क्षेत्रका प्रायः घरमा संक्रमित छन् । स्थानीय टोल सुधार समितिले सिटामोल नपाएर बिरामीले सास्ती भोग्नुपरेको भन्दै वडा कार्यालयको सिफारिसमा मंगलबार नेपाल औषधि लिमिटेडसँग एक हजार फाइल माग गरेको थियो । तर, लिमिटेडले एक सय ५० फाइल सिटामोल मात्र उपलब्ध गराएको थियो ।

एक फाइलमा १० चक्की हुन्छ । सिटामोल अभावले बिरामीले सास्ती भोग्नुपरे पनि राज्यका तालुकदार निकाय भने औषधि उपलब्ध गराउनमा खासै ध्यान दिएका छैनन । बजारमा सिटामोलको मूल्य एक रुपैयाँ छ । यही मूल्यमा पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ठेक्का पाएका कम्पनीले उपलब्ध गराउँदै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चरम अभाव, #डेंगी संक्रमण, #बजारमा सिटामोल, #ब्रुफिनलगायतका औषधि

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं