कहाँ छन् क्रिकेटर सन्दिप लामिछाने, नेपाल आउने बताएका सन्दिप सम्पर्कविहिन
काठमाडौं । नावालिका बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछाने फरार छन् । केही समय अगाडी सामाजिक संजालमात्र कानुनलाई अनुसन्धान लागि सघाउने बताएका लामिछाने अझै सम्म सम्पर्कमा आएका छैनन् । प्रहरीले उनीबिरुद्ध रेड कर्नर नोटिसको तयारी गरेको छ । नाबालिग बलात्कारको आरोप लागेका त्रिकेटर सन्दिप लामिछाने २ हप्ता पुग्नै लाग्दा पनि सम्पर्कमा आउन सकेका छैनन् ।
लामिछाने विरुद्ध १७ वर्षिया नाबालिकाले गत भदौमा बलात्कारको आरोपसहित प्रहरी वृत गौशालामा जाहेरी दर्ता गराएकि थिईन् । जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान समेत थालिसकेको सन्दिप जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान समेत थालिसकेको छ । काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न भदौ २३ गते अनुमति दिएको दिएको थियो ।
निलम्बित कप्तान लामिछानेलाई त्रिभुबन विमानस्थल अध्यागमन कार्यालयले कालो सुचीमा समेत राखेको छ । पक्राउ पुर्जी जारी भएको भोलिपल्ट भदौ २४ गते कानुनलाई अनुसन्धानका लागि सघाउने बताएका लामिछाने अझैसम्म सम्पर्कमा आउन सकेका छैनन् ।
कतिपयले भने उनी नेपालनै नफर्कने आशंका गर्छन् । नेपाल प्रहरीले भने ईन्टपोल मार्फत नै लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । प्रहरीले विभिन्न विधि र प्रविधि प्रयोग गर्दै अनुसन्धान गरिरहेको जनाएको छ । केहीले सन्दिप सिंगापुरमा भएको टिकाटिप्ण्णी गरेतापनि उनी सम्पर्कविहिन छन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रेड कर्नर नोटिस, #सन्दिप लामिछाने, #सन्दिप लामिछाने फरार
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्