Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न, ९ सय ९८ विभूषित हुँदै


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९ सय ९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनकै नेतृत्वमा भएको सरकारले संविधान जारी गरेको थियो । राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ ।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मानपदवी अलंकार र पदक, #राष्ट्रपति विद्यादेवी भण्डारी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं