नागरिकता विधेयक विहिबार नै पारित गर्ने तयारी
काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकतका विधेयक फेरि जस्ताको त्यस्तै बिहिबार नै पारित गर्ने तयारी गरेको छ ।
बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर, सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर्ने सहमति गरेको थियो ।
सोही अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएर प्रक्रिया अघि बढाएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले विदेशी बुहारीको हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने अडान राख्दै आएको छ ।
यस्तो छ कार्यसूची

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नागरिकतका विधेयक, #राष्ट्रपति विद्यादेवी भण्डारी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्