भेटिएन जनार्दन शर्माबिरुद्धको प्रमाण,सत्तापक्ष र प्रतिपक्षबीच मतभेद,कस्तो आउला प्रतिबेदन
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरको छ । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका बिषय र सहमति जुट्न नसकेका बिषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।
समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केहि प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केहि बिषयमा सहमति जुटेको र नमिलेका बिषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सवैका आफ्ना–आफ्ना बिचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे ।
करका दर हेरफेरका बिषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको बिषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वअर्थमन्त्री जनार्दन शर्मा, #संसदीय छानबिन समिति
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्