मुगुमा कुलो बनाउदा पनि भ्रष्टाचार, ९ जना विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिंचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्दै ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहित ९ जना विरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुले २३ लाख १० हजार ५९७ रुपैयाँ १७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा बुढासहित कार्यालयका सव–इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार बिश्वास उपाध्याय छन् ।
यस्तै अख्तियारले तीनमुखेदेखि लुवाबान्ना कृषि सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह(सचिव सुरेश वुढा र छायाँनाथ रारा नगरपालिका वडा नं. १० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #छायाँनाथ रारा नगरपालिका
ताजा खबर
- १सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- २बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ३सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण
- ४सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- ५हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना



तपाईको कमेन्ट लेख्नुहोस्