सिसडोलमा रंगशाला बनाउनेबारे मेयर बालेन्द्र साह र पंकजविक्रम नेम्बाङबीच छलफल
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङबीच ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल भएको छ ।
बालेनले भने ‘लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्छ छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं ।
सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौ भन्दा १२ किलोमिटर मात्र टाडा छ अहिले को फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहने उनको सोच छ । टुँडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्नमिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताए ।
अहिले पनि काठमाडौ महानगरले महानगरमा भएको ए डिबिजनको क्लबहरु लाई प्रत्येक वर्ष १० लाख दिने गरेको छ । नेम्बाङले नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले भने हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पंकजविक्रम नेम्बाङ, #मेयर बालेन्द्र साह
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्