स्थानीय तहको निर्वाचनमा खस्यो ६२ प्रतिशत मत, ४४ मतदान केन्द्रमा मतदान स्थगित
काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७ सय ५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको बताइएको छ ।
काठमाडौं महानगरपालिकासहित धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगले जनाएको छ ।देशभरका ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
‘धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुनेवित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जान्छ’ उनले भने, ‘काठमाडौं महानगरपालिकाको यस्तो शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको तथ्यांक छ ।’ यो सन्तोषजनक नभएको थपलियाले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #मतदाता भएको धेरै
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्