रुकुमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा जनक र उपाध्यक्षमा नन्दाको नाम कांग्रेसले गर्यो सिफारिस
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेस बाँफिकोट रुकुम पश्चिमले पार्टीको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोमबार नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिको छिन्खेतमा बसेको बैठकले अध्यक्षमा जनक कुमार बाँठामगर सहित उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । दुबै जनाको नाम सोमबार नै जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ ।
वडा अध्यक्ष र सदस्यको भने केहि दिनमा सर्वसम्मत निर्णय गरेर सिफारिस गरिने बताइएको छ । अध्यक्षमा सिफारिस भएका बाँठामगर हाल नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाको सभापति हुन् भने केसी नेपाल महिला संघ बाँफिकोटको सभापति हुन् ।
बाँठामगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन गरे कांग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार थिए । उनले माओवादी केन्द्रका धर्मबहादुर केसीसँग पराजित भएका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनक कुमार बाँठामगर, #नन्दा केसी, #बाँफिकोट रुकुम पश्चिम, #स्थानीय तह
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्