चुनावी तालमेलबारे २६ गतेसम्म निर्णय दिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठक बुधबार बसेको थियो ।
बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भने अनुसार काम भए नभएको समीक्षा भएको थियो । चुनावी तालमेलका लागि धेरैजसो जिल्लामा छलफल भएको र कतिपयमा छलफल नभएको बताइएको छ । कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको छ ।
बुधबारको बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो । समितिको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार र अन्य विविध विषयमा साझा प्रतिवेदन तत्काल बुझाउन प्रदेश समन्वय समितिलाई निर्देशन दिएको छ । प्रदेशगत प्रतिवेदन आएपछि मात्रै महानगरपालिकाको नेतृत्व लगायतका विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठबन्धन, #चुनावी तालमेल, #सत्तारुढ दल, #स्थानीय तह
ताजा खबर
- १विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले सदस्यता खारेज गरियोः ओली
- २चलचित्र जनक्रान्ति निर्माण हुने
- ३राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे बर्खास्त
- ४विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
- ५मधेश जाँदै प्रधानमन्त्री ओली, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
तपाईको कमेन्ट लेख्नुहोस्