रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते
रुकुम पश्चिम । रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता बिहिबार साँझ आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो ।
खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् । जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घाइते भएका छन् ।
घाइतेको टाउको, अनुहार तथा शरीरका अन्य भागमा चोट लागेको छ । घाइते सबैजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #रुकुम पश्चिम
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्