चरित्र हत्या गर्ने युट्यूव बिरुद्ध अभिनेत्री रेखा थापा पुगिन साइबर ब्यूरो
काठमाडौं । अभिनेत्री रेखा थापाले युटुवबाट आफूलाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दिएकी छन् । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध ब्यूरोमा जाहेरी दर्ता गराएकी हुन् ।
पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा जनाइएको छ । युटुव दर्ता गरिएको छ कि छैन् भन्दै जानकारी दिन प्रेस काउन्सिललाई ब्यूरोले पत्रचार गरेको छ ।
आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रेखा थापा, #साइबर व्यूरो
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्