वैदेशिक रोजगारीमा जाने श्रमिकले अब पीसीआर परीक्षण गर्दा शुल्क नलाग्ने

काठमाडौं । अब वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले कोरोना भाइरसको पीसीआर परीक्षणमा शुल्क नलाग्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।
यसअघिसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अब सरकारी अस्पताल अर्थात शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले निःशुल्क पीसीआर परीक्षण गर्न पाउनेछन् ।
पीसीआर परीक्षण निःशुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पीसीआर परीक्षण, #मन्त्री कृष्णकुमार श्रेष्ठ, #वैदेशिक रोजगारी
ताजा खबर
- १कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- २विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ३अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- ४विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ५सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्